प्रसिद्द खेलाडी नेमार ले चोट सहनु परेपछि हस्पिटल भर्ना भए नेमारलार्इ त्यो स्थितिमा देखेर एकजना ब्राजिलका एक डेढ वर्षका बच्चा हेर्नुस नेमारका लागि खानापिना छोडेर नेमार नेमार भन्दै रूदैछनः
यसैकारण नेमारको चोटप्रति विश्वका पूर्व र वर्तमान खेलाडीदेखि लिएर ब्राजिलकी राष्ट्रपतिसम्मले सहानुभूति व्यक्त गरेका छन्। विभिन्न सामाजिक सञ्जालमार्फत उनीहरूले नेमारलाई सान्त्वना दिएका हुन्। अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले भनेका छन्, 'मेरो साथी नेमार, तिमीलाई शीघ्र स्वास्थ्यलाभको कामना।' विश्व फुटबलमा ब्राजिल र अर्जेन्टिना चिर प्रतिद्वन्द्वी मानिन्छन्।
तर यी दुवै प्रतिभाशाली खेलाडी एउटै क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्छन्। यसैगरी ब्राजिलका पूर्वखेलाडी रोबर्टो कार्लोसले भनेका छन्, 'वर्तमान फुटबलका एक हस्ती नेमारलाई मेरो न्यानो माया।' ब्राजिलकै अर्का पूर्वखेलाडी काकाले पनि नेमारप्रति सहानुभूति व्यक्त गरेका छन्। 'म, मेरो परिवार र विश्वसमुदायले तिम्रो शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेको छ', उनले ट्विट गरेका छन्। ब्राजिलको सेमिफाइनल प्रतिद्वन्द्वी जर्मनीका खेलाडीले पनि नेमारको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
जर्मनीका लुकास पोडोल्स्कीले भनेका छन्, 'आज हामीले हातपारेको जितबाट हामी निकै खुसी छौं। अब ब्राजिलसँग भिड्न आतुर छौं तर नेमार घाइते भएको खबरले भने म निकै दु:खी छु। उनी चाँडै निको होऊन्।' 'नेमार, धेरै दु:खी छु', अर्का जर्मन खेलाडी मेसुट ओजिलले ट्विट गरेका छन्। इटालीका चर्चित स्ट्राइकर मारियो बालोटेलीले पनि नेमारप्रति सहानुभूति व्यक्त गरेका छन्। 'नेमार, मेरो भाइ, तिमीलाई मेरो साथ छ', बालोटेलीले गरेको ट्विटमा भनिएको छ। यसैगरी चर्चित बास्केटबल खेलाडी लेब्रोन जेम्सले पनि चोटका कारण नेमार विश्वकपबाट बाहिरिएकोमा दु:ख व्यक्त गरेका छन्। ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफले भनेकी छन्, 'नेमार, तिमीलाई हामी सबैको साथ छ।' ब्राजिलियन टोलीका कप्तान थियागो सिल्भाले नेमारका लागि भए पनि विश्वकप उपाधि जित्न आफ्ना खेलाडीलाई आग्रह गरेका छन्। -एजेन्सी
नेमारलाई मेसीदेखि राष्ट्रपतिसम्मको सहानुभूति
साओ पाउलो : चोटका कारण नेमारले विश्वकपका बाँकी खेल खेल्न नसक्ने भएपछि उनको टोली ब्राजिल यतिबेला निकै निराश छ। ब्राजिलले नेमारबाट ठूलो आशा गरेको थियो। नेमारको खेलबाट विश्वभरका खेलप्रेमी पनि लोभिएका थिए।यसैकारण नेमारको चोटप्रति विश्वका पूर्व र वर्तमान खेलाडीदेखि लिएर ब्राजिलकी राष्ट्रपतिसम्मले सहानुभूति व्यक्त गरेका छन्। विभिन्न सामाजिक सञ्जालमार्फत उनीहरूले नेमारलाई सान्त्वना दिएका हुन्। अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले भनेका छन्, 'मेरो साथी नेमार, तिमीलाई शीघ्र स्वास्थ्यलाभको कामना।' विश्व फुटबलमा ब्राजिल र अर्जेन्टिना चिर प्रतिद्वन्द्वी मानिन्छन्।