Monday, June 30, 2014

Best Perfomance Ever by Magne Buda and Dhurmus

नक्कली धुर्मुस र माग्नेबुढो भएपनि उनीहरुको प्रस्तुति सक्कलीको भन्दा कम थिएन्, पेट मिचीमिची हँसाए । मोरङको राजघाटलाई खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने कार्यक्रममा उनीहरु प्रस्तुत भएका हुन् ।
बिमल ढुङ्गेल (नक्कली धुर्मस) र बिक्रम धिमाल (नक्कली माग्ने बुढो) ले सिताराम कट्टेल र केदार घिमिरेको हाउभाउ र बोली उतारेर दर्शकहरुलाई सरसफाई सम्बन्धी हसाउँदै जनचेतना जगाए ।

बिमल धिमालले खड्का जि, नेता केपी ओली लगायतका क्यारिकेचर सुनाएर थप मनोरन्जन दिलाएका थिए । कतिपय दर्शकहरु सक्कली नै हुन भनेर झुक्किएका पनि थिए । पछिल्लो समय बिमल र विक्रम पूर्वका कार्यक्रमहरुमा व्यस्त छन् । नक्कली धुर्मुस र माग्ने बुढोको रुपमा उनीहरुको जोडी अहिले चर्चामा छ । पछिल्लो समय एरिना टेलिभिजनद्वारा हरेक आइतबार राति ९ बजे प्रसारण हुने 'चलेको चलन' नामक टेलिफिल्ममा उनीहरुको अभिनय समेत हेर्न पाइन्छ । Best Perfomance Ever by Magne Buda and Dhurmus in Rajghat Morang. Watch this Video Too: