काठमाडौं: एमालेको नवौं महाधिवेशन राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। अघिल्ला महाधिवेशनजस्तो ठूलो सभा नगरी हलमै विशिष्ट अतिथिहरूको उपस्थितिमा सुरु भएको हो।
Watch Live Here
नवौं महाधिवेशनको उद्घाटन एमालेका अध्यक्ष झलनाथ खनालले रोबर्टमा जडान गरिएको पानसमा दीप प्रज्जवलन गरेका छन्।
महाधिवेशन उद्घाटनमा प्रवेश नपाएको भन्दै एमाले कार्यकर्ताहरुले स्वातगतद्वार तोडफोड र आगजनी गरेका छन्। उनीहरुले उद्घाटन सत्रमा आफूहरुलाई प्रवेश नदिएको भन्दै गृहमन्त्री एवं उपाध्यक्ष वामदेव गौतम र महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलविरुद्ध नाराबाजी गरेका छन्। उनीहरुले एमालेको ब्यानर जलाइ दिएका छन्। यसका साथै सभागृहमा चार वटा टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हेर्ने मिलाइएको तार समेत चुडाइ दिएका छन। यसपछि प्रहरीले उनीहरुमाथि लाठी चार्ज गरेर केहीबेर नियन्त्रणमा लिएका थिए।
महाधिवेशन उद्घाटनमा सहभागी हुन सात देशका २१ प्रतिनिधि सहभागी भएका छन्। देशकै ठूलो वामपन्थी दल एमालेमा यसपटक अघिल्लो महाधिवेशनमा भन्दा एक लाख २२ हजार पार्टी सदस्य बढेका छन्। दुई हजार तीन सय २५ प्रतिनिधि सहभागी हुने महाधिवेशन ६ दिनसम्म चल्नेछ। महाधिवेशको प्रत्यक्ष प्रसारण एमालेको वेवसाइटबाट हेर्ने व्यवस्था मिलाइएको छन्।
अध्यक्ष पदका दाबेदार वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली दुवै प्रतिसपर्धामा उत्रिएका छन्। नेपालले प्रज्ञा भवनमा आफ्नोपक्षको भेला गरकेा थिए भने ओली पक्षले बागबजारमा छुट्टै भेला आयोजना गरेर ५२ जिल्ला कमिटी र ११ अञ्चल कमिटीका अध्यक्ष आफ्नो पक्षमा रहेको दाबी गरेको थियो।