Sunday, July 6, 2014

नेमारका लागि खानापिना छोडेर नेमार नेमार भन्दै रूदैछन यी बच्चा

प्रसिद्द खेलाडी नेमार ले चोट सहनु परेपछि हस्पिटल भर्ना भए नेमारलार्इ त्यो स्थितिमा देखेर एकजना ब्राजिलका एक डेढ वर्षका बच्चा हेर्नुस नेमारका लागि खानापिना छोडेर नेमार नेमार भन्दै रूदैछनः

नेमारलाई मेसीदेखि राष्ट्रपतिसम्मको सहानुभूति

साओ पाउलो : चोटका कारण नेमारले विश्वकपका बाँकी खेल खेल्न नसक्ने भएपछि उनको टोली ब्राजिल यतिबेला निकै निराश छ। ब्राजिलले नेमारबाट ठूलो आशा गरेको थियो। नेमारको खेलबाट विश्वभरका खेलप्रेमी पनि लोभिएका थिए।
यसैकारण नेमारको चोटप्रति विश्वका पूर्व र वर्तमान खेलाडीदेखि लिएर ब्राजिलकी राष्ट्रपतिसम्मले सहानुभूति व्यक्त गरेका छन्। विभिन्न सामाजिक सञ्जालमार्फत उनीहरूले नेमारलाई सान्त्वना दिएका हुन्। अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले भनेका छन्, 'मेरो साथी नेमार, तिमीलाई शीघ्र स्वास्थ्यलाभको कामना।' विश्व फुटबलमा ब्राजिल र अर्जेन्टिना चिर प्रतिद्वन्द्वी मानिन्छन्।

 तर यी दुवै प्रतिभाशाली खेलाडी एउटै क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्छन्। यसैगरी ब्राजिलका पूर्वखेलाडी रोबर्टो कार्लोसले भनेका छन्, 'वर्तमान फुटबलका एक हस्ती नेमारलाई मेरो न्यानो माया।' ब्राजिलकै अर्का पूर्वखेलाडी काकाले पनि नेमारप्रति सहानुभूति व्यक्त गरेका छन्। 'म, मेरो परिवार र विश्वसमुदायले तिम्रो शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेको छ', उनले ट्विट गरेका छन्। ब्राजिलको सेमिफाइनल प्रतिद्वन्द्वी जर्मनीका खेलाडीले पनि नेमारको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

जर्मनीका लुकास पोडोल्स्कीले भनेका छन्, 'आज हामीले हातपारेको जितबाट हामी निकै खुसी छौं। अब ब्राजिलसँग भिड्न आतुर छौं तर नेमार घाइते भएको खबरले भने म निकै दु:खी छु। उनी चाँडै निको होऊन्।' 'नेमार, धेरै दु:खी छु', अर्का जर्मन खेलाडी मेसुट ओजिलले ट्विट गरेका छन्। इटालीका चर्चित स्ट्राइकर मारियो बालोटेलीले पनि नेमारप्रति सहानुभूति व्यक्त गरेका छन्। 'नेमार, मेरो भाइ, तिमीलाई मेरो साथ छ', बालोटेलीले गरेको ट्विटमा भनिएको छ। यसैगरी चर्चित बास्केटबल खेलाडी लेब्रोन जेम्सले पनि चोटका कारण नेमार विश्वकपबाट बाहिरिएकोमा दु:ख व्यक्त गरेका छन्। ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफले भनेकी छन्, 'नेमार, तिमीलाई हामी सबैको साथ छ।' ब्राजिलियन टोलीका कप्तान थियागो सिल्भाले नेमारका लागि भए पनि विश्वकप उपाधि जित्न आफ्ना खेलाडीलाई आग्रह गरेका छन्। -एजेन्सी

Thursday, July 3, 2014

एमालेको नवौं महाधिवेशन राजधानीको भृकुटीमण्डपमा Watch Live

काठमाडौं: एमालेको नवौं महाधिवेशन राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। अघिल्ला महाधिवेशनजस्तो ठूलो सभा नगरी हलमै विशिष्ट अतिथिहरूको उपस्थितिमा सुरु भएको हो।
 Watch Live Here

नवौं महाधिवेशनको उद्‌घाटन एमालेका अध्‍यक्ष झलनाथ खनालले रोबर्टमा जडान गरिएको पानसमा दीप प्रज्जवलन गरेका छन्।

महाधिवेशन उद्‌घाटनमा प्रवेश नपाएको भन्‍दै एमाले कार्यकर्ताहरुले स्वातगतद्वार तोडफोड र आगजनी गरेका छन्। उनीहरुले उद्‌घाटन सत्रमा आफूहरुलाई प्रवेश नदिएको भन्‍दै गृहमन्त्री एवं उपाध्यक्ष वामदेव गौतम र महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक ईश्‍वर पोखरेलविरुद्ध नाराबाजी गरेका छन्। उनीहरुले एमालेको ब्यानर जलाइ दिएका छन्। यसका साथै सभागृहमा चार वटा टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हेर्ने मिलाइएको तार समेत चुडाइ दिएका छन। यसपछि प्रहरीले उनीहरुमाथि लाठी चार्ज गरेर केहीबेर नियन्त्रणमा लिएका थिए।

महाधिवेशन उद्‌घाटनमा सहभागी हुन सात देशका २१ प्रतिनिधि सहभागी भएका छन्। देशकै ठूलो वामपन्थी दल एमालेमा यसपटक अघिल्लो महाधिवेशनमा भन्दा एक लाख २२ हजार पार्टी सदस्य बढेका छन्। दुई हजार तीन सय २५ प्रतिनिधि सहभागी हुने महाधिवेशन ६ दिनसम्म चल्नेछ। महाधिवेशको प्रत्यक्ष प्रसारण एमालेको वेवसाइटबाट हेर्ने व्‍यवस्था मिलाइएको छन्।

अध्यक्ष पदका दाबेदार वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली दुवै प्रतिसपर्धामा उत्रिएका छन्। नेपालले प्रज्ञा भवनमा आफ्नोपक्षको भेला गरकेा थिए भने ओली पक्षले बागबजारमा छुट्टै भेला आयोजना गरेर ५२ जिल्ला कमिटी र ११ अञ्‍चल कमिटीका अध्यक्ष आफ्नो पक्षमा रहेको दाबी गरेको थियो।